एकिकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध थप आन्दोलन गर्ने घाेषणा

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध नेकपा एकीकृत समाजवादीले थप आन्दोलन गर्ने घाेषणा गरेकाे छ। बुधवार  सम्पन्न उक्त पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले प्रकरणविरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ ।

संघर्ष कार्यक्रमका अनुसार  जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरेको छ ।

यस्तै काठमाडौँ उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको