नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूकाे बयान भाेलीबाट

समाचार शेयर गर्नुहोस्

काठमाडाै,११ जेठ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर मुद्दा चलाइएका हरुको बयान भोलि शुक्रबारबाट सुरू हुने भएकाे छ ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो । १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ ।

यस प्रकरणमा पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतका व्यक्तिहरु आरोपितको रुपमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको