सार्वजनिक रूपमा गिभिनाले मागिन माफी

काठमाडाैं,

सामाजिक अभियान्ताको रुपमा चर्चामा आएकी पोखराकी गिभिना मगरले चितवनको  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नर्सहरुसँग सम्बन्धित पछिल्लो घटनामा सार्वजनिक रूपमा माफी मागेकी छन् ।

उक्त असपतालमा कार्यरत नर्सहरुको कमजोरी समेटेर एउटा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि आलोचित भएकी मगरले अन्ततः गल्ति स्वीकार गरेर नर्सहरुसँग माफी मागेकी हुन् ।

‘मान्छेलाई जन्म दिने, बचाउने, भगवान्पछिको डाक्टर, नर्स हुनुहुन्छ ।  त्यसैले कसैले पनि डाक्टर, नर्सलाई नकारात्मक रूपमा नलिइदिनु होला ।  हामीलाई गाह्रो भयो भने, बिरामी पर्‍यो भने हामी जाने भनेको हस्पिटल नै हो ।  त्यसैले मेरो उद्देश्य भनेको उहाँहरूलाई नराम्रो भन्ने, नराम्रो बनाउने थिएन तर, परिस्थितिले यो मोड लियो । । गिभिनाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, जुन गल्ती म बाट भयो, आगमी दिनमा मबाट यस्तो गल्ती हुने छैन।’,

आफ्ना कारण नर्सिङ पेसामै चोट पुगेको, चरित्र हत्या भएकामा धेरै दुःख लागेको गिभिनाले उल्लेख गरेकी हुन्। त्यस्तै उनले नर्सलाई गाली नगर्न र आफ्ना कारणले सुरु भएको यो विषय आफूले माफी मागेसँगै अन्त्य होस् भन्ने आग्रह गरेकी छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like