अस्ट्रेलियाको सिड्नी सहरमा सात तले भवनमा आगलागी

काठमाडाैं, ११ जेठ

अस्ट्रेलियाको सिड्नी सहरमा  बिहिबार एक सात तले भवनमा आगलागी भएको छ ।

सो आगलागी अन्य भवनहरूमा पनि फैलिरहेको बताइएको छ । ‘भवन ढल्न थालेको छ । आगलागी छेउछाउका भवनहरूमा फैलिन थालेको छ,’ न्यु साउथ वेल्सको फायर एन्ड रेस्क्यू डिपार्टमेन्टले जनाएको छ ।

उक्त आगलागीलाई नियन्त्रण गर्नका लागि १ सयभन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन् । आगाे नियन्त्रणका लागी घटनास्थलमा २० वटाभन्दा दमकल पनि पुगेका छन् ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like