भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डकाे तयारी

काठमाडाैं,

आउँदो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने भएको छ । आगामी आर्थिक बर्षको बजेट भाषण्लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी भएको छ।

प्रधानमन्त्री प्रचण्डले आगामी जेठको १७ गते भारत भ्रमण गर्ने तयारी गरिएको हाे। यद्यपि, भ्रमणको मिति भने घोषणा आधिकारिक रुपमा गरिएको छैन।

‘भ्रमणको मिति नै तयचाहिँ भइसकेको छैन। प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो परराष्ट्र मन्त्रालयले नै मिलाउने हुँदा मिति पनि उसैले तय गर्ने कुरा हो,’ प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने छन्। मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ। भारत भ्रमण द्विपक्षीय हित प्रवर्द्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने भनेर प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन्।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like