काठमाडाैं,
मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।
विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई ३६ केजी चाँदीका विभिन्न गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरूको साथबाट आठ ग्राम सुन पनि बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद सुनचाँदीकाे मुल्य करिब ६१ लाख रूपैँया बराबर रहेकाे छ।
विराटनगर क्षेत्रमा भएका सुनचाँदीका गरगहनाका चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरु सुनचाँदीसहित पक्राउ परेका हुन् ।