सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ?

काठमाडौं,१२ जेठ

नेपाली बजारमा  शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ८हजार ३ सय रुपैयाँमा झरेको हो

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like