काठमाडौं,
दाङको घोराहीमा सुन र मोबाइल लुट्न ६० बर्षीया वृद्धमाथि धारिलो हतियार प्रहार भएको छ।
जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारकी ६० बर्षीया राकीमाया रोकामाथि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको सुन र मोबाइल लुटेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए।
उनका अनुसार धारिलो हतियार प्रहारबाट राकीमायाको ढाड, टाउको, घाँटीमा चोट लागेको छ।
गम्भीर घाइते राकीमायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याइएको थियो। त्यहाँबाट रेफर गरी भैरहवामा उपचार भइरहेका प्रहरीले जानकारी दिए।
आक्रमण र लुटपाटमा संलग्न ब्यक्तिको पहिचान गरि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ।