गुल्मीकाे इस्मामा घरायसी विवादकाे कारण बुबाले आफ्नै छाेराकाे नाक काटिदिए

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१४ जेठ

गुल्मीको इस्मामा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानका अनुसार घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका छन् । छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको उनले जानकारी दिए ।

हसिया प्रहारबाट गम्भिर घाइते भएका बाबुरामलाइ गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रधानले बताए । घटनामा संलग्न दिल बहादुर हसिया सहित प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको