‘दमनले कहिल्यै पनि आन्दोलन नदबाउने र झन द्वन्द्व बढाउने’ : राजेन्द्रकुमार राई

समाचार शेयर गर्नुहोस्

१४ जेठ, काठमाडाैं

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले  पहिचानकाे आन्दोलन गरेकाे कारण सरकारले धेरै धरपकड गरेर गलत कदम चालेकाे दाबी गरेका छन्।

​आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ‘राणाकालमा पनि यस्ताे हुदैन थियाे, उनले भने, ‘मुख्यमन्त्री आफै आन्दाेलनरत पक्षलाई चिढ्याउने भाषण गरीरहनुभएकाे छ।यसबाट सरकारले दमन गरेकाे नै देखिन्छ।’

दमनले कहिल्यै पनि आन्दोलन नदबाउने र झन द्वन्द्व बढाउने  बताउँदै  उनले भने,’सबैको विजय हुने गरी प्रदेशको नाम संशोधन गरौँ।’ प्रदेशसभा  बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउनेसमेत  उनले  बताए।

आज प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै छ। पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीय आन्दोलन घाेषणा गरेको छ। आन्दोलनका लागि आएका पहिचान पक्षधरका कार्यकर्तालाई प्रहरीले धरपकड गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको