काभा महिला भलिबलमा उज्बेकिस्तानलाई ३–१ सेटमा हराउँदै नेपाल तेस्रो

१४ जेठ,काठमाडाैं

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा नेपालले उज्बेकिस्तानल ३–१ काे सेटमा हरायाे ।

पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे । पहिलाे सेट २०–२५ ले गुमाएकाे नेपालले दाेस्राे सेट २५–१६, तेस्राे सेट २५–१५ र चाैथाे सेट २५–१३ ले जित्याे । याे हारसँगै उज्बेकिस्तान प्रतियाेगितामा चाैथाे भएकाे छ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भइरहेको छ ।

फाइनलका लागि आज भारत र काजकिस्तानबीच पनि प्रतिष्पर्धा हुनेछ । दुई देशबीचको फाइनल खेल साँझ ४ बजे शुरु हुनेछ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like