काठमाडाैं,
कोसी प्रदेश नाम खारेज गर्दै पुन नामकरण गर्न प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच आइताबार विराटनगरमा झडप सुरु भएको छ।झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको हो ।प्रदेशसभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजे पछि प्रहरी प्रदर्शनकारीबीच झडप भएको जनाइएको छ ।
यस अघि बिहान कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।