प्रधानमन्त्री प्रचण्ड भन्छन् : भ्रमणका क्रममा नयाँ हवाइमार्ग खाेल्ने बिषयमा व्रेक थ्रू हुनसक्छ

काठमाडाैं,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताएका छन्।

आइतबार कीर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेष्ठ १७ गतेदेखि आफुले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताएका हुन्।

उनले व्यापार पारावहनसम्बन्धी विषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अर्थपूर्ण हुने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा वर्षौंदेखि रोकिएको पञ्चेश्वर परियोजना पनि अघि बढाउने’bout महत्वपूर्ण सहमति हुने सम्भावना रहेको बताए । उनले यसपटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुने गरी विशिष्ट तवरले गर्न तयारी भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सरकारको सम्पूर्ण ध्यान सुशासन कायम गर्दै संस्थागत बेतिथि र भ्रष्टाचारको विरुद्ध रहेको भन्दै त्यसका विरुद्ध लडाई सुरु गरिएको बताए ।

उनले बढ्दो बेरोजगारी मुलुकको समस्यामा रूपमा रहेकाले आफ्नो शिक्षा नीतिलाई उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मुलुकको आवश्यकता अनुसारको शिक्षा नीति अवलम्बन गर्न नसकिएको उनको भनाइ छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like