सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको