आगामी आर्थिक बर्षको बजेट आज सार्वजनिक हुँदै

समाचार शेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको