टुँडिखेलमा १६ औं गणतन्त्र दिवस मनाइँदै

काठमाडाैं,

देशभर आज १६ औं गणतन्त्र दिवस मनाइएको छ । सोमवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख लगायत सरकारका उपप्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपस्थिति थियो।

समारोहमा सरकारका उच्च अधिकारी, कुटनीति क्षेत्रका प्रतिनिधि लगायत पनि उपस्थित थिए। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा  बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरुले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like