काठमाडाैं,१५ जेठ
मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ।
आइतबार राति ११ बजे सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिनेर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा चालक रारा नगरपालिका–१४, फाइपाटाका अन्दाजी २३ वर्षीय कासीराम बडुवाल र सहचालक सोही ठाउँका २५ वर्षीय शिव बडुवालको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बाम मुगुले जनाएको छ ।