जेठ १७ देखी असार १७ गतेसम्म ललितपुरमा प्रथम जुत्ता चप्पल मेला सुरु हुने

१५ जेठ, काठमाडाैं

जेठ १७ गतेदेखि ललितपुरमा प्रथम जुत्ता चप्पल व्यापार मेला सुरु हुने भएको छ। मेलामा ज्येष्ठ १७ गतेदेखि असार १७ गते एक महिनासम्म सञ्चालनमा आउने मेलाका संयोजक दिवाकर गिरीले बताउनु भयो।

उहाँले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्य पनि रहेको बताउनु भयो।

एक महिना सम्म चल्ने मेला  जाउलाखेल मैदानमा हुनेछ। उक्त मेला बिहान ९ देखी बेलुका ७ बजेसम्म चल्ने बताइएकाे छ। यस्तै मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरुको सहभागीता रहनेछ । मेलामा झण्डै २ दर्जन कम्पनीहरुको सहभागिता रहने र मेलामा नेपाली उत्पादककाे मुल्य २० देखि ५० प्रतिशतसम्म छुटकाे व्यस्था रहने आयोजकले बताएकाे छ।

मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ । मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like