१५ जेठ, काठमाडाैं
राजविराजमा मोटरसाइकलको ठक्करले घाइते भएकी एक महिलाको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
शम्भुनाथ नगरपालिका १२ अर्नाहा चौकमा बोदेवरसाइनबाट राजविराजतर्फ आउँदै गरेको स १० प ४३०४ नम्बरको मोटरसाइकलले पैदलयात्रु शम्भुनाथ नगरपालिका १२ की ३५ वर्षीया बबितालाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।
उक्त ठक्करबाट गम्भिर घाइते बबितालाई उपचारका लागि विराटनगर लगिएकोमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।