पुर्व राजालाई कर्णालीका मुख्यमन्त्रीले दिए डाँडा कटाउने चेतावनी

समाचार शेयर गर्नुहोस्

१४ जेठ, काठमाडाैं

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्ने चेतावनी दिएका छन् । प्रदेश सरकारको आयोजनामा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन् ।

मुख्यमन्त्री शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने चेतावनी दिए। ‘यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस्’, उनले भने

केहीदिन अघि बसेको कर्णाली प्रदेशसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वडामहाराजधिराज भनेर सम्बोधन गरेकी थिइन् ।

उनको सम्बोधनप्रति प्रदेशसभामा उपस्थित सबै दलका सांसदहरुले विरोध जनाउँदै रेकर्डबाट हटाउनसमेत माग गरेका थिए ।तर सभामुख नन्दा गुरुङले आफ्नो ध्यानाकर्षण भएको बताएपनि उक्त शब्द रेकर्डबाट भने हटाइनन् । सभामुखको उक्त व्यवहारको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको