लामिछाने भन्छन् : आममाफी दिएर रिहा भएकाे रेशम चाैधरीलाई न्याय भएन

समाचार शेयर गर्नुहोस्

१५ जेठ, काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आममाफी दिएर रिहा भएका स्वयंम रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‘रेशम चौधरीले म निर्दोष छु भनेर दुई दिनअघिसम्म मलाई भनिरहनु भएको थियो। उहाँ निर्दोष हुनुहुन्छ होला भनेर हामी विश्वासमा थियौं। किनकि, हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमा आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अहिले त उहाँ निर्दोष भएर छुट्नु भएन नि, उहाँको जुन लडाइँ थियो, त्यो लडाइँ उहाँले जित्नु नै भएन। उहाँ त कैद मिनाहा भएर निस्कनु भयो। कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइन।’

यस्तै चौधरी निर्दोष नभइकन छुटेकोले थारू समुदायमाथि नै अन्याय भएको र चाैधरीकाे रिहाइलाई विजय भन्न नमिल्ने लामिछानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको