अर्थमन्त्री भन्छन् : तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धैरै खर्च हुने हुँदा पुँजीगत बजेट घट्दै गयाे

समाचार शेयर गर्नुहोस्

१५ जेठ,काठमाडाैं

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भएको बताउनुभएको छ ।

संसदमा आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै उहाँले बजेटको ८० प्रतिशतभन्दा धेरै रकम सरकारी कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता र चालु प्रकृतिमा खर्च हुने हुँदा पुँजीगत बजेट घट्दै गएको देखिएको बताउनुभयो ।

संरचनागत र नीतिगत अप्ठ्याराका कारण आर्थिक गतिविधि कमजोर हुँदा वृद्धिदर कम हुने देखिएको अर्थमन्त्रीकाे भनाइ छ । कोभिड र युद्धका कारण मूल्यवृद्धि भएको र चर्को ब्याजदरका कारण लगानीमा कमी आएको उहाँले बताउनुभयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको