वनभित्र रहेकाे पाेखरीमा डुबेका ८ वर्षीय बालककाे उपचारकाे क्रममा मृत्यु

समाचार शेयर गर्नुहोस्

१५ जेठ,काठमाडाैं

मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालीदहस्थित वनभित्र रहेको पोखरीमा डुबेका १ जना बालकको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको छ।

मृत्यु हुने मिक्लाजुङ–६ का पदम राईका ८ वर्षीय छोरा साङकेन राई रहेकाे मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

प्रवक्ता डिएसपी दाहालका अनुसार सामुदायिक वनभित्र रहेकाे पाेखरीमा पाैडी खेल्ने क्रममा साङकेन डुबेर घाइते भएकाे हाे। उनलाइ दिउँसाे १२:३० बजेतिर उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको थियो। उपचारकै क्रममा दिउँसो १:४५ बजेतिर बालकलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले बताए।

शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरी जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *