काठमाडाैं,
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषद्बाट सर्वोच्चका लागि प्रधान न्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ। कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ।कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।
समितिका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकमा कार्कीको व्यक्तिगत विवरण सांसदहरूलाई वितरण गरिएको छ ।