काठमाडाैं,
नक्कली भुटानी शरणार्थी प्रकरणमा तिन जना अराेपितहरूकाे बयान सुरू भएकाे छ। मङ्गलबार काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो ।