ओलीले भने : ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, मेरो शालिक बनाउनु पर्दैन्’

१६ जेठ, काठमाडाैं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नाे शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च गरी समय खेर नफाल्न भनेका छन्।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा अध्यक्ष ओलीले मरेपछि आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका हुन् ।

उनले भने, म मरेपछि मलाई सम्झिनु पर्दैन्, मेरो शालिक बनाउनु पर्दैन्, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेल फाल्ने, मूर्ती बनाउनु पर्दैन्, शालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् । मेरो त धारणा त्यो हो ।’ यस्तै काम गर्न नसक्ने अवस्थामा पुगेपछि आफू बसेको पद र प्रतिष्ठालाई छोड्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like