१६ जेठ,काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ बुधबारदेखि हुने भारत भ्रमणका क्रममा नेपाल राष्ट्रको हितमा केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले मंगलबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, ‘भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु,’ प्रधानमन्त्री दाहाल ४ दिने औपचारिक भ्रमणका लागि बुधबार भारत जाँदैछन् ।