१७ जेठ,काठमाडाैं
ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिस्नेरीको एउटा कुखुरा फार्ममा चितुवाले क्षति पुर्याएको छ ।
मंगलबार राति करीब १ बजे चितुवाले बलराम सत्यालको फार्ममा भएका कुखुरा मारेको हो ।
उपत्यकामै अवस्थित फार्ममा चितुवाले आक्रमण गर्दा फार्मभित्रका ४ सय २५ वटा कुखुरा मरेका छन् भने ५० वटा कुखुरामा थप क्षति भएको फार्म सञ्चालक सत्यालले बताएका छन् ।