नागरिता विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने सरकारकाे बाध्यता के आइलाग्यो भन्दै पाेखरेलले गरे प्रश्न

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,जेठ १७ गते। एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण निस्कनु अगाडि निष्क्रिय बनेको नागिकता विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो भन्दै प्रश्न गरेका छन्।

पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अघि सारेको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यबाट सरकार र संसद भाग्न मिल्छ भन्दै प्रश्न गरेका छन्। उनले प्रादेशिक पहिचानसहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उलंघन, जनादेशको उपेक्षा गरेर निष्कृय विधेयकलाई प्रमाणिकरण गर्न मिल्छ भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत विधेयक प्रमाणिकरणबारे पाँच प्रश्न पनि सोधका छन्

  • नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?
  • सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यबाट सरकार र संसद भाग्न मिल्छ ?
  • प्रादेशिक पहिचानसहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उलंघन गर्न मिल्छ ?
  • नयाँ जनादेशको उपेक्षा गरेर निष्क्रिय विधेयकलाई प्रमाणिकरण गर्न मिल्छ?
  • संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको