झलनाथ खनालमाथी दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीकाे माग

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेकपा एकीकृत समाजवादीले पार्टी सम्मानित तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

आज बुधबार पार्टी उपमहासचिव डा. गंगालाल तुलधारले  हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ,’

हिजाे मङ्गलबार खनालमाथि एक समूहले सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको