१७ जेठ,काठमाडाैं
बुधबार पनि सेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेकाे दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज युनिलिभर नेपालको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।