आफ्ना दुई छाेरालाई विष खुवाएर आमाले विष खाईन्, एक छाेराकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

१८ जेठ, काठमाडाैं

मकवानपुरमा एक महिलाले आफ्ना दुई छाेरासहित आफुले पनि विष खाइ आत्महत्या गर्ने प्रयास गरेकाे छ। विषका कारण एक नाबालककाे मृत्यु भएकाे छ।

बुधबार साँझ हेटाैँडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले करिब ६ बजे ७ वर्षीय छाेरा अस्किन र १८ महिने छाेरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियाे। यस्तै प्रहरीका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लाेराइड नामक झार मार्ने विषादी आफुसहित बच्चालाई पनि खुवाएकाे खुलेकाे छ।

नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । आमा र अर्का छाेरा अस्किनकाे अवस्था पनि गम्भिर रहेकाे र उनीहरू दुवैलाइ आइसीयु कक्षामा उपचार भइरहेकाे एसपी गाैतमले जानकारी दिए।

आफ्नै बच्चालाइ विष खुवाएर आफु पनि आत्महत्याकाे प्रयास गर्नुपर्ने अवस्था किन आयाे भन्ने कुरा नखुलेकाे उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको