१८ जेठ, काठमाडाैं
हाल समयमा दिन प्रतिदिन अत्याधिक गर्मी बढ्दै गएकाे छ। यस्तै ,अत्यधिक गर्मीका कारण कोशी प्रदेशका दुई तराईका जिल्ला सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।
दुइ दिन देखि पूर्वी तराईको मौसम दैनिक सरदर ४० डिग्री तापक्रम कायम रहेकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकासहित सुनसरीको इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
त्यसैगरी इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए । माैसममा सुधार नआए बिदा थप गर्न सकिने उनले बताए।