१८ जेठ, काठमाडाैं
आज बिहिबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
बिहिबार छापावाल सुन प्रतिताेला १ लाख १२ हजार ५ सय रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।