१८ जेठ, काठमाडाैं
भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतिय समकक्षी नरेन्द्र माेदीबिच भेटवार्ता सुरू भएकाे छ।
अहिले नयाँदिल्लीको हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ। द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए।