मलेसियाविरूद्ध नेपालकाे दाेस्राे जित

१८ जेठ, काठमाडाैं

५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज (महिला क्रिकेट)मा नेपालले मलेसियाविरूद्ध लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हरायो।

नेपालले दिएको एक सय ११ रनको लक्ष्य मलेसियाले २० ओभर पूरा खेल्दा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो।  नेपालका लागि कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले १–१ विकेट लिए । मलेसियाका लागि माहिरा इज्जती इस्माइलले अविजित ४४ रन र विनिफ्रेड एनी दुराईसिंगमले २० रन को योगदान दिइन्।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय १० रन  बनाएको थियो।  नेपालका लागि कप्तान रुविना छेत्रीले १५ बलमा २७ रन, ज्योति पाण्डेले २३ , सीता राना मगरले २१ र इन्दु बर्माले २० रन  बनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like