सहकारीको ८ कराेड बढि रकम हिनामिना गर्ने ६ जना पक्राउ

१८ जेठ, काठमाडाैं

बुढानिलकण्ठ नगरपालिका ९ स्थित श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका ९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका ८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका ‍९ बस्ने गोरखा पालुङटार नगरपालिका(७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

उक्त संस्थामा बचतकर्ता बाट सङ्कलन गरेको निक्षेपलाई नीजि प्रयोगमा खर्च गरेर करोडौंको हिनामिना गरेको बचतकर्ताको आरोप छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like