लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईमध्ये एकजना पक्राउ

समाचार शेयर गर्नुहोस्

१८ जेठ, काठमाडाैं

लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईमध्ये एकजना पक्राउ परेका छन्।

बिहीबार बिहान साढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले फरार एकजना फेला परेका र अर्का व्यक्तिको खोजी कार्य भइरहेको बताए।

फरार भएर पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा ०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएका मध्यनेपाल नगरपालिका– ४ दुईपिप्लेका २७ वर्षीय विनोद विक रहेका छन्। विकलाई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते ४ वर्ष कैद र ४ लाख जरिवाना सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालयबाट तैनाथ टोलीले झन्डै ९ घण्टाको अवधिमा बेँसीसहर नगरपालिका–२ चिसापानीको जंगलमा हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरेको हो।

ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका गोरखा चुमनुब्री गाउँपालिका– ३ का ३७ वर्षीय चन्द्रबहादुर गुरुङ अझै फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको