आज सुनकाे मुल्य ताेलामा ८०० रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

१९ जेठ,काठमाडाैं

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन्।

तेजाबी सुन ताेलाकाे एक लाख १२ हजार ७५० रूपैँयामा काराेबार भइरहेकाे छ। यसअघि, हिजाे बिहिबार छापावाल सुन ताेलाकाे एक लाख १२ हजार ५०० रूपैँयामा काराेबार भएकाे थियाे ।

यस्तै सुनकाे मुल्य बढ्नुका साथै चाँदीकाे मुल्य पनि बढेकाे छ। चाँदीकाे मुल्य ताेलामा २५ रूपैँयाले बढेकाे हाे। चाँदी ताेलाकाे एक हजार ४३५ रूपैँयामा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको