अखण्ड भारतको नक्सामा नेपाली भू–भाग समेटिएको भन्दै विरोध प्रर्दशन

१९ जेठ,काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले अखण्ड भारतको नक्सामा नेपाली भू–भाग समेटिएको भन्दै विरोध प्रर्दशन गरेको छ । उनीहरुले आज (शुक्रबार) भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

हामीलाई हाम्रो देश प्राणभन्दा प्यारो छ, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इन्डिया’ लगायतका नारा लेखेको प्लेकार्ड र व्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

भारतले आफ्नो नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भन्दै नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका भू–भाग समावेश भएको नक्सा सार्वजनिक गरेको छ ।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like