आफ्नै बुबाकाे हत्या गरेकाे अभियाेगमा छाेरा पक्राउ

१९ जेठ, काठमाडाैं

आफ्नै बुबाकाे हत्या गरेकाे अभियाेगमा छाेरा पक्राउ परेकाे छ।

माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमालले आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई दिपकले कुटपिट गर्दा गम्भीर घाइते भएका बुबा लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हाे।

बहादुरकाे मृत्यु भएकाे खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like