१९ जेठ,काठमाडाैं
आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । योसँगै आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ।
स्थापनाकालदेखि नै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समययता सिसा इन्फर्मेसन सेक्युरिटीमार्फत पिसिआई डिएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।
सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपश्चात् नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डिएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुर्याएर नवीकरण गरेको हो।
अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै ग्राहक वर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको आइएमई पेले जनाएको छ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।