इन्डियामा भयानक रेल दुर्घटना, २६१ भन्दा बढी को मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडौं २०८० जेष्ठ २०

भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २६१ जनाको मृत्यु भएको र ६५० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ।

यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो। उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन्।

ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको