रास्वपा कि सांसद सोभिता सुटुक्क बिबाह बन्धनमा

समाचार शेयर गर्नुहोस्

काठमाडौं जेष्ठ २० गते

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विवाह गरेकी छिन् । उनी आफ्ना प्रेमी गृहेन्द्र घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी हुन् । चितवनका गृहेन्द्र र सोविता लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । गृहेन्द्र गृष्मा ब्रोडकास्टिङको चेयरपर्शन हुनुका साथै उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् ।

केहि दिन अघि परिवारका बीचमा सुटुक्क उनीहरुले विवाह गरेका हुन् । यद्धपि उनीहरूले हालसम्म विवाहका बारेमा खुलाएका छैनन्। विवाह पश्चात साेविता र गृहेन्द्र जापानमा छन् । व्यक्तिगत कामले उनीहरू जापान गएका हुन् ।

गत मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ सोविता काठमाडौं – २ बाट निर्वाचित भएकी हुन् । उनी टेलिभिजन प्रस्ताेता हुनुका साथै कानूनकी विद्यार्थी पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको