राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संसद्को विशेषाधिकार हनन गरेको छ : शंकर पाेखरेल

समाचार शेयर गर्नुहोस्

२१ जेठ, काठमाडाैं

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संसद्को विशेषाधिकार हनन गरेको बताएका छन्।

प्रधानमन्त्री भारत भ्रमणमा जाँदैगर्दा हदम्याद गुज्रिएर निष्क्रिय बनेको विधेयक मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसदको क्षेत्राधिकारको गम्भीर उल्लंघनको विषय भएको उनको ठहर छ।

उनले भने, ‘विधेयकमा छलफल गर्ने, पारित गर्ने र प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने काम संसदको हो, सरकारको होइन । त्यसमाथि नयाँ जनादेशवाट नयाँ प्रतिनिधिसभा आएको ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा निष्क्रिय र विवादास्पद विधेयक अनुचित तरिकाबाट प्रमाणीकरण गरिनु खेदजनक छ,’ उनी भन्छन्, ‘प्रमाणीकरण भएको विधेयक संविधान भावना विपरीत छ। वैवाहिक अंगीकृत सन्दर्भमा नेपाल र भारतका बीचमा कम्तिमा समान व्यवस्था हुनुपर्दछ भन्ने नेपाली जनताको चाहना विपरित विधेयक आएको छ।’

यस्तै उनले सामाजिकसञ्जाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ संसदीय कठघरामा उभ्याउन आग्रह गरेका छन्।

नागरिकता विधेयक प्रमाणीकरण, कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने बाटोका लागि छोड्न सक्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग्न भनेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको