१८ जना कानुन व्यवसायीहरूले खाणको तर्फबाट बहस गर्ने

समाचार शेयर गर्नुहोस्

२१ जेठ, काठमाडाैं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट दुईजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने भएका छन् ।

बालकृष्ण खाणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्ने भएका छन् ।  खाती खाण गृहमन्त्री हुँदा महान्यायाधिवक्ता थिए।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्काले पनि खाणको पक्षबाट बहस गर्ने छन्। वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित १८ जना कानुन व्यवसायीहरुले खाणको तर्फबाट बहस गर्ने भएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको आजदेखि थुनछेक बहस हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको