मलेसियाविरूद्धकाे टीट्वान्टी क्रिकेट शृंखला नेपालले जित्याे

समाचार शेयर गर्नुहोस्

२१ जेठ, काठमाडाैं

महिला टीट्वान्टी क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित गर्याे। जितसँगै भ्रमणकारी टोली नेपालले पाँच खेलको शृंखला पनि ३—२ ले जितेकाे हाे।

नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ तथा  ज्योती पान्डे ११ रनमा अविजित रहिन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् ।नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *