अत्याधिक गर्मीका कारण विधालयहरू बन्द

२१ जेठ,काठमाडाैं

तिलाेत्तमा नगरपालिकाले अत्याधिक गर्मीका कारण विधालयहरूमा बिदा दिने निर्णय गरेका छन्। तिलाेत्तमा नगरपालिकाले एक सुचना जारी गरी साेमबारदेखी असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएकाे छ।

‘नगर प्रमुखस्तरीय निर्णयानुसार विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्यधिक गर्मी भइ विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा वार्षिक बिदाबाट समायोजन हुने गरी मिति २०८० । ०२ । २२ गते देखि २०८०।०३ । १७ गतेसम्म नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था (सामुदायिक तथा संस्थागत) हरुमा बिदा गर्ने निर्णय भएकोले सोही अनुसार गर्नु हुन जानकारी गराइन्छ ।’– तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like