लिङदेनकाे प्रश्न : प्रधानमन्त्रीकाे भारत भ्रमण अगाडी नै नागरिकता विधेयक प्रमाणीकरण गर्नुकाे कारण के हाे?

२१ जेठ, काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै नागरिकता विधेयक प्रमाणीकरण गर्नुको कारण सोधेका छन्।

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन त्यो विधेयक प्रमाणिकरण गर्नु परेको भनेर पनि सरकारलाई प्रश्न गरेका हुन्।

लिङदेनले  भने, ‘यत्रो दिन किन यो नागरिकता विधेयक प्रमाणीकरण गर्नु परेन । अथवा सरकारको चासोको विषय भएन । र, भारत भ्रमण गर्नुभन्दा १/२ घण्टा अगाडिचाहिँ त्यसलाई किन प्रमाणीकरण गर्नुपर्यो ? कसको स्वार्थका लागि र कसेको खुशीको लागि यो काम गरियो ? यसको जवाफ चाहियो ? हामी जवाफ चाहन्छौँ ।

यस्तै लिङदेनले राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा पनि निष्पक्ष हुन नसक्ने टिप्पणी गरेका छन्।

उनले भने,‘यसलाई चाँडोभन्दा चाँडै प्रक्रियामा ल्याऔं, संसदबाटै अगाडि बढाउनुपर्‍यो । यसलाई कुनै ढिलाइ नगरियोस् । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन । हामीले बारम्बार भनिरहेका छौं’, लिङदेन भन्छन्, ‘राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा अभिभावक हुन सक्दैन । हामीले जति पनि निष्पक्ष भने पनि दलको निर्देशन चल्छ । अहिले त्यही भयो।’

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like