२१ जेठ, काठमाडाैं
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चाैधरीले टिकापुर घट्ना घटाउने असली ‘हत्याराहरू’ काे खाेजीनिती गर्न माग गरेका छन् । दाङको लमहीमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्ताे माग गरेका हुन्।
नेता चौधरीले भने, ‘असली हत्याराहरूको खोजीनिती गरौँ न। खोजीनिती गर्न सघाउनको लागि रेशम चौधरी तयार छ’, उनले थपे,‘टीकापुर घटनाको ’boutमा अतिरञ्जित कुरा नगर्नुहोस्, टीकापुर घटनामा सबैभन्दा पहिला रामविहारी थारु सहिद भएका थिए। एउटा थरुहट आन्दोलनमा एउटा थारु सिपाही मारिन्छ, यो सम्भव कुरा हो, अहँ होइन। यो केलाइनुपर्छ। गलत कुराको अन्त्य गरिनुपर्छ, पीडितले न्याय पाउनुपर्छ।’
यस्तै, चाैधरीले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न नहुने बताएका हुन्।
जेलबाट छुटेपछि पहिलोपल्ट दाङ आएका रेशम चौधरीलाई नागरिक अभिनन्दन गरिएको छ।